IME Life New

पौष मसान्तभित्र नेपाल इन्स्योरेन्सबाहेक अरु कुनै पनि बीमा कम्पनीले एजिएम गर्न सकेनन्

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड बाहेक सबै बीमा कम्पनी पौष मसान्तसम्ममा आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारण गर्न नभ्याउने भएका छन् ।  हालसम्म नेपाल इन्स्योरेन्सले मात्र वार्षिक साधारण सभाको आह्वान गर्दै सार्वजनिक सूचना प्रकाशन गरेकाले पौष मसान्तभित्रको समय सीमामा अन्य बीमकले नभ्याउने भएका हुन् ।

पौष मसान्तभित्र गत आव २०७९/८० को साधारण सभा भ्याउने नेपाल इन्स्योरेन्स मात्र एक निर्जीवन बीमक हुने भएको छ। नेपाल इन्स्योरेन्सले यही पौष १३ गते ७५ औं वार्षिक साधारण सभा गर्दैछ। निर्जीवन बीमकमध्ये बाँकी १३ र जीवन बीमकमध्ये १४ कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को साधारण सभाको मिति अझैसम्म तय हुन सकेको छैन । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आव २०७८।७९ कै साधारण सभा गर्न बाँकी छ। मर्जर भएका जीवन बीमा कम्पनीमध्ये हिमालयन लाइफ, र सानिमा रिलायन्स लाइफले समेत आर्थिक वर्ष २०७८/७९ कै साधारण सभा गर्न बाँकी छ। दुई पुनर्बीमा कम्पनीले पनि गत आर्थिक वर्षको साधारण सभा पौष मसान्तसम्ममा भ्याउने स‌ंभावना छैन ।

Crest

कम्पनी ऐन २०६३ को प्रावधान अनुसार वार्षिक साधारण हुनु २१ दिन अघि र विशेष साधारण सभा हुनु १५ दिन अघि साधारण सभाको मुख्य एजेण्डा सहित सार्वजनिक सूचना प्रकाशन गर्नुपर्छ। पौष मसान्त सकिन अझै २२ दिन बाँकी भएपनि सोमबार र म‌ंगलबार सार्वजनिक बिदा परेकाले बाँकी अवधिभित्र साधारण सभाको मिति घोषणा गरेर पौष मसान्तभित्र साधारण सभा गर्न स‌ंभव छैन।

बीमा ऐन २०७९ को दफा ८४ बमोजिम बीमकले प्रत्येक आर्थिकको लेखा परिक्षण भएको वासलात, नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र  तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने प्रावधान छ। यो प्रावधान अन्तर्गत यस वर्षको पौष मसान्तसम्ममा सीमित स‌ंख्यामा मात्र बीमा कम्पनीले वित्तीय विवरण तयार पारेर प्राधिकरणबाट स्वीकृत गराउन सक्ने अवस्था देखिएको छ। जीवन र निर्जीवन बीमकमध्ये पचास प्रतिशतले पनि भ्याउने स‌ंभावना देखिएको छैन, एकजना जानकारले टिप्पणी गर्दै भने,प्राधिकरणले जरिवानाबाटै ठूलो रकम आर्जन गर्ने स‌ंभावना छ।

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमकको वित्तीय विवरण तयार पार्नु अघिको प्रकृयामध्ये बीमा‌ंकी प्रतिवेदन स्वीकृत गराउने प्रकृया जम्मा तीन जीवन बीमकले पुरा गरेका छन् । मेट लाइफ, सिटिजन लाइफ र  रिलायबल नेपालको बीमा‌ंकी मूल्यांकन प्रतिवेदन स्वीकृतीपछि अहिले वित्तीय विवरण (वासलात) स्वीकृतिको प्रकृयामा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

17%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS