IME Life New

पोखारा फाइनान्सको साधारण सभा पुस ३० गते, के-के छन् प्रस्ताव ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पोखारा फाइनान्स लिमिटेडले पुस ३० गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले सभा दरबारथोक बैंक्वेट, बाँस्तोलाथर पोखरामा आयोजना गर्ने जनाएको छ ।

कम्पनीले चुक्तापुँजी १ अर्ब ४ करोड ९ लाख १९ हजार ८१३ रुपैयाँ कुल ४ दशमलव २१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश दिन लागेको हो। कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ

Crest

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ।व। २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समूहबाट सञ्चालक समितिमा मनोनित सञ्चालकको जानकारी सम्बन्धमा, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले यस वित्तिय संस्था र अन्य कुनै पनि उपयूक्त बैंक वा वित्तिय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्नको लागि उपयुक्त बैंक तथा वित्तिय संस्थाको पहिचान गर्ने, सहमतिमा हस्ताक्षर गर्ने, सो को आधारमा राष्ट्र बैंकमा निवेदन दिन, चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्यांकन गर्न मुल्यांकनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक तोक्ने लगायतका आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि पुस १९ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसकारण पुस १८ गतेसम्म कायम शेयरधनीले साभामा भाग लिन र लाभांश पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS