IME Life New

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा । कृषि विकास बैंकले आज मुख्य शाखा कार्यालय, पोखरा अन्तरगत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखराबाट बैंकको एक्सटेन्सन काउन्टर संचालन गरेको छ । पण्डित श्रीकान्त सुवेदीद्वारा स्वस्ती बाचन सहित शुरु भएको उक्त कार्यक्रममा कृषि विकास बैंकका संचालक सदस्य हरि प्रसाद पराजुली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखराका उपकुलपति प्रा.डा. बुद्धि बहादुर थापाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा कृषि विकास बैक लि।गण्डकी प्रदेश कार्यालय, पोखराका निर्देशक करुणचन्द्र घिमिरेबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्रा.डा नरेन्द्र विक्रम गुरुङ्गलाई प्रतिष्ठानको चेक हस्तान्तरण गरे । समारोहमा प्रतिष्ठानका निर्देशक प्रा.डा अर्जुन आचार्य, प्रा.डा नरेन्द्रविक्रम गुरुङ्ग, डा. भरत बहादुर खत्री, लेखा प्रमुख निर्मल पौडेल लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

सोही अवसरमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धि बहादुर थापाले एक्सटेन्सन काउन्टरबाट तत्काल रकम जम्मा तथा भुक्तानी लगायत खाता खोल्ने कार्य समेतको ब्यवस्था गरिएकोमा खुशी ब्यक्त गर्दै कर्मचारी ब्यवस्था गरी शीघ्र अस्पतालको विलिङ्ग काउन्टर संचालन गर्ने, एटिएम सेवा संचालन गर्ने र प्रतिष्ठानको माग बमोजिम आगामी दिनमा सम्पूर्ण बैकिङ्ग सेवा संचालन गर्ने कार्य सहित कार्यक्रमको पूर्ण सफलताको शुभकामना ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS