IME Life New

पोखरामा भिजन सेक्युरिटिजको लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न 

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) को आयोजनामा भदौ २९ गते शनिवार क्लासीक चुलो, ट्रेडमल पोखरामा, लगानीर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
भिजन सेक्युरिटिज् प्रा.लिले धितोपत्र कारोवार सम्वन्धी पूर्ण सेवा प्रवाह गर्न नियामक निकायहरुवाट अनुमती लिई चिप्लेढुंङ्गा, पोखरामा भएको कार्यक्रममा यस प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाको सभापतित्व नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुख बिना ढकाल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ठ अतिथि पोखरा ट्रेड मल का अध्यक्ष मिनराज काफ्ले, शेयर बजार विज्ञ/विष्लेशक सुवास चन्द्र भट्टराइ, सिद्धार्थ क्यापीटलका लगानी अनुसन्धान प्रमुख निराजन कार्की, इन्भेष्टर फोरम गण्डकी प्रदेशका अध्यक्ष अजुन कुमार श्रेष्ठ  लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दोस्रो बजारमा कारोवार गर्नको लागि आवश्यक प्रकृया, अनलाईन कारोबार, लगानीकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाईन कारोवार सम्वन्धी व्यवस्था लगायतका विषयहरुमा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले प्रष्ट पारेका थिए ।
त्यस्तै, दोस्रो बजारमा कारोवार गर्दा लगानीकर्ताले के–कस्ता गल्तिहरु गर्दछन्, के–के विषयमा ध्यान पु¥याउनु पर्दछ ? कम्पनी छनोट लगायतका विषयगत तथा प्राविधिक विश्लेषण कसरी गर्ने भन्ने विषयमा शेयर बजार विज्ञ/विष्लेशक सुवास चन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र वैंक, गण्डकी प्रदेश प्रमुख बिना ढकाल पौडेलले हालै भइरहेको बजारमा युवावर्गको उपस्थिती ,राष्ट्र बैकंको सर्कुलर , बैकंहरुले गरेको व्याजदरको निर्णय जस्ता विषयहरु पुँजी बजारको सकारात्मक रहेको, देशमा तरलता सहज भएको, आर्थिक मन्दीमा कमी ल्याउन पनि सर्वसाधरण जनताको लगानी जरुरी रहेको बताइन् ।
 पोखरा ट्रेडमलका अध्यक्ष मिन प्रसाद काफ्लेले लगानीकर्ताहरुले शेयरको दोस्रो बजारमा लगानी गर्दा वुझेर मात्र लगानी गर्न सचेत गराए । इन्भेष्टर फोरम गण्डकी प्रदेशका अध्यक्ष अर्जुन बहादुर श्रेष्ठले बजारमा लगानीकर्ताहरुलाई घाटा नभइ कमाइ नहुने र घाटा भएपछि मात्रा बुझेर लाग्ने गरेको देखिन आएको बताए ।
उक्त कार्यक्रममा व्यवसायी, लगानीकर्ता, शिक्षक, विद्याथीहरु गरी लगभग २७० जनाको उपस्थिति रहेको थियो । भिजन सेक्युरिटिजले धितोपत्र कारोबारको विकास तथा विस्तारको लागि उपत्यका वाहिर ९ वटा तथा उपत्यका भित्र ३ वटा गरी जम्मा १२ स्थानमा शाखाहरु विस्तार गरि सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS