IME Life New

पोखरामा प्रभु बैंकले स्थापना गर्यो शैक्षिक केन्द्र

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले गण्डकी प्रदेश कार्यालय पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हब) स्थापना गरेको छ । बैंकले आफ्नो सेवा परिस्कृत गर्ने क्रममा गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले शैक्षिक केन्द्र (एजुकेशन हब) स्थापना गरेको हो ।

स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने सहज भुमिकालाई ध्यानमा राख्दै कम्पनीले गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्त विभाग स्थापना गरेको हो ।

Crest

हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तीय लागत परिपुर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको छ ।

सीमित वित्तीय स्रोत साधनका कारण आफ्ना सन्ततीहरुलाई उच्च शिक्षा प्रदान गर्नबाट बञ्चित रहेको समसामयिक परिप्रेक्ष्यलाई ध्यानमा राखी छिटो छरितो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्ने हेतुले कम्पनीले यसप्रकारको सेवालाई थप प्रभावकारी बनाइने पनि बताएको छ ।

शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि कम्पनीले प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क राखी पाँच दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको बताएको छ। उक्त शैक्षिक केन्द्र, गण्डकी प्रदेशको समुद्घाटन प्रमुख व्यवसाय केन्द अधिकृत शान्ती शेरचनले गरेकी थिइन् ।

कम्पनीले आफ्नो बैंकको सेवालाई परिस्कृत गर्दै जाने क्रममा गण्डकी प्रदेश कार्यालय अन्तर्गतका सम्पुर्ण शाखा कार्यालयहरुबाट सरल र सहज रुपमा नियमित बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताएको छ । शैक्षिक केन्द्रको स्थापना पश्चात विद्यार्थी तथा अभिभावकहरुलाई थप सहज र उत्कृष्ट सुविधा प्राप्त हुने विश्वास लिएको कम्पनीका गण्डकी प्रदेश प्रमुख राजु रानाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS