IME Life New

पोखराको लब्लि हिलमा सिद्धार्थ बैंकद्धारा वृक्षारोपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सिद्धार्थ बैंकले पोखरामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व सँगसँगै सरकारले ल्याएको एक कर्मचारी एक फलफुलका बोट रोपण राष्ट्रिय विभूति सहिद पार्क मेत्लाङमा सिद्धार्थ बैंकले आज बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

पोखरा शाखाका शाखा प्रबन्धक सुरज कुमार जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा  प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १८ का वडाअध्यक्ष रणबहादुर थापा, अतिथिको रुपमा गण्डकी प्रदेशका एनजीओ फेडरेजनका उपाध्यक्ष गोपाल खड्का, त्यसैगरी पूर्व जनप्रतिनिधि एवम समाजसेवी शिव प्रशाद कोइराला रहेका थिए ।

Esewa
Crest

गण्डकी प्रदेश अन्तर्गत पर्ने शाखाका शाखा प्रमुख लगाएत बैंकका कर्मचारीहरुको संलग्नतामा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा फलफुलका विरुवाहरु १०० वटा रोपिएको थियो। बृक्षारोपण कार्यक्रममा  पस्याङ्ग शाखाका प्रबन्धक अनिरुद्र बरालले सञ्चालन गरेका थिए । बैंकले एक कर्मचारी एक रुख रोपण अभियानका साथमा देशैभर वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । बैंकले आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रमहरु गर्दै जाने बताएको छ ।

बैंकले देशभर १ सय ६० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६९ एटिएम र १ हजार ३ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् आफ्ना ग्राहकहरुलाई उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS