IME Life New

पहिलो दिनमा सिवाईसी नेपाल लघुवित्तको आइपीओमा ११ गुणा बढीको आवेदन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज बैशाख २ गतेबाट निष्काशन भएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा ३ लाख ५३ हजार ५८७ जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार कार्यालय अवधिसम्म यी आवेदकहरुबाट ४१ लाख १७ हजार ९५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएभन्दा ११ गुणा बढी हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो ।

Crest

कम्पनीले निष्काशन गर्न लागेको कुलमध्ये जारी पूँजीको ० दशमलव ५० प्रतिशत अर्थात ६ हजार ८२ कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत शेयर अर्थात १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाड गरी बाकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । आइपीओमा बैशाख २ गतेदेखि छिटोमा बैशाख ६ गतेसम्म् आवेदनन दिन सकिनेछ भने उक्त अवधिमा सबै आइपीओ विक्री नभएको खण्डमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ । तर योभन्दा अगाडी निष्काशन भएको आइपीओमा परेको आवेदन हेर्दा लगानीकर्ताले १० कित्ता भन्दा बढी आवेदन दिनु नपर्ने देखिन्छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओ एनपी डबल बी माइनस रेटिङ पाएको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ ।

आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । उक्त आइपीओमा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, कम्पनीको वेभसाइट, तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सबै सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

हाल संस्थापक समुहको ६७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीको चुक्तापूँजी ८ करोड २१ लाख ८ हजार रहेको छ । कम्पनीमा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुको पूँजी लगानी गरेको छ । कम्पनीले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रिय स्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ ।

विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थ कर्ताको कारोवार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि व्यवसायिक कारोबार सञ्चालन गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS