IME Life New

नेशनल लाईफ इन्स्योरेन्स बन्यो बेष्ट म्यानेज्ड लाईफ इन्स्योरेन्स कम्पनी, निर्जिबन तर्फ नेको इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

न्यू बिजनेश एज प्रा लि को आयोजनामा शुक्रवार सोल्टी होटलमै सम्पन्न नेपालकै ठूलो र प्रतिष्ठित बिजनेश अवार्ड कार्यक्रम ‘न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१८’ बाट बेष्ट म्यानेज्ड कम्पनीको उपाधी सोल्टी होटललाई प्रदान गरिएको हो ।

कार्यक्रममा जिबन बीमा तथा निर्जिबन बीमा समूहबाट कम्पनीहरु प्रतिस्पर्धामा थिए, सो मध्ये बाट नेशनल लाईफ इन्स्योरेन्सले ‘बेष्ट म्यानेज्ड लाईफ इन्स्योरेन्स’ उपाधि जितेको छ, नेशनल लाईफ इन्स्योरेन्सले पहिलो पटक उपाधि जितेको हो। बिगतमा लगातार ३ पटक बेष्ट म्यानेज्ड लाईफ इन्स्योरेन्सको उपाधि जितेको नेपाल लाईफ इन्स्योरेन्स यो पटक भने फस्ट रनर अपको उपाधिमा चित्त बुझाएको छ, त्यस्तै लाइफ इन्स्योरेन्स कपोरेशन नेपालले सेकेण्ड रनर अपको उपाधि जितेको छ।
त्यस्तै निर्जिबन बीमा समूह तर्फबाट नेको इन्स्योरेन्सले ‘बेष्ट म्यानेज्ड इन्स्योरेन्स’ उपाधि जितेको छ, निर्जिबन बीमा समूहबाटै शिखर इन्स्योरेन्स कम्पनीले फस्ट रनर अपको उपाधिमा जितेको छ, त्यस्तै सगरमाथा इन्स्योरेन्सले निर्जिबन बीमा तर्फ़को सेकेण्ड रनर अपको उपाधि जितेको छ।

Esewa
Crest

देशभर रहेका व्यावसायिक संस्थामध्येबाट विभिन्न विधामा उनीहरूको कार्य मूल्याङ्कनका आधारमा विज्ञ समूहले छनोट गरेका उत्कृष्ट कम्पनीहरूलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । १० बिधामा प्रदान गरिएको बिजनेश अवार्डका लागि हरेक विधामा फरक फरक विज्ञ सम्मिलित विज्ञ समूहले निश्चित कार्यक्षेत्रका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट कम्पनीहरु छनौट गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS