काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७५ दशलमव २४ अंकले बढेर २,८९० को विन्दुमा कायम भएको छ । आज १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन डिष्ट्रिलरी, गार्डियन माइक्रो लाइफ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंक र दोदीका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।


















