IME Life New

नेप्से १० अंकले घटेर ११४८ को विन्दुमा, कारोवार रकम ३२ करोड २९ लाख

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको पाचौ दिन १० दशमलव ३७ अङ्कले घटेर ११४८ दशमलव ७० अङ्कमा बन्द भएको छ । कारोबार रकम ३२ करोड २९ लाख रुपैयाँ पुगेको छ ।


उत्पादनमूलक र फाइनान्स बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । उत्पादनमूलक क्षेत्रको परिसुचमा ० दशमलव ०५ प्रतिशतको वुद्धि भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ५ करोड १९ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै छ्याङडी हाईड्रोपावरको सेयरमा ३ दशमलव ८८ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै आईएमी जनरल इन्स्योरेन्सको सेयर ५ दशमलव ८५ प्रतिशतले घट्न पुग्यो ।

Crest

निर्जीवन बीमा कम्पनीको उपसुचक २ प्रतिशतले घटेकोे छ भने ५ सय ९६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ९२ प्रतिशतले घटेर ५ हजार १ सय ४१ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूका ३ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS