IME Life New

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकम ७३ करोड ९६ लाखमाथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव २७ अंकले घटेर १,८८९ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज ६५ कम्पनीको शेयर मुल्य बढेको छ भने १३९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६९ कम्पनीको २१ लाख ७९ हजार ९१४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ९६ लाख ५० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेष्ट बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ३ करोड ७६ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Crest

आज नविल बैंकको ३ करोड २७ लाख रुपैयााको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड १ लाख रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड २ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् । तेह्रथम पावर कम्पनीका लगानकिर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी तारागाउँ रेजेन्सीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फण्डका इकाईधनीले गुमाएका छन् । आज यस फण्डका इकाइधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS