IME Life New

नेप्सेले दुई दिन लगाएर जोडेको अंक एकैदिन गुमायो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लगातार दुई दिन बढेको बजार आज साताको अन्तिम दिन घटेको छ । अघिल्लो दुई दिन नेप्सेले जोडेको अंकले आज एकैदिन गुमाएको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव २६ अंकले घटेर २,६७८ को विन्दुमा कायम भएको छ । आज ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड माथिको शेयर कारोबार भएको छ । आज एनआरएनको सर्वाधिक ३४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । सीएचडीसीको २६ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । राधी विद्युत कम्पनीको २० करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै मातृभुमी लघुवित्त वित्तीय संस्था र कुमारी सबल योजनाका इकाईधनीले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ता, इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले पनि ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानकिर्ताले गुमाएका हुन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS