IME Life New

नेप्सेमा ५ कम्पनीका शेयर मूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार (आज) एकैदिन ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।नेप्सेमा आज नागरिक लगानी कोष, हिमालयन बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलेपमेण्ट बैंक र एनएमबी लघुवित्त वित्तिय संस्था गरी पाँच कम्पनीको मूल्य समायोजन भएको हो ।

नागरिक लगानी कोषको ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ७ सय ८४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ हजार ८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

लुम्बिनी विकास बैंक लिमिटेडको ७ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २ सय १८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

मितेरी डेभलपमेन्ट बैंकको १५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३७ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३ सय ८७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

हिमालयन बैंकको १४ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ५ सय ६१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ६ सय ३९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ९ सय ८४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य एक हजार १ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS