IME Life New

नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको आर्थिक सूचकको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ञ (नेप्से) मा सूचीकृत ९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सबैभन्दा धेरै नेपाल लाइफको सूचांकहरुमा उल्लेखनीय आर्थिक वृद्धि गर्न सफल भएका छन् ।

Esewa
Crest

कम्पनीले सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको प्रमुख सूचकहरुमा सुधार देखिएको छ । पुँजीका हिसावले नेपाल लाइफको सबैभन्दा धेरै ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ। त्यस्तै सबैभन्दा कम प्रभु लाइफको २ अर्ब रुपैयाँ रहेको छ। समग्र सूचकमा नेपाल लाइफ पहिलो नम्बरमा रहेको छ ।

९ जीवन बीमा कम्पनीमा कस्को अवस्था कस्तो ?

चुक्ता पुँजीको आधारमा

जीवन बीमा कम्पनीहरुको नेपाल लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भएको हो । नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ७ अर्ब १९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । अन्य सूचकहरुमा पनि नेपाल लाइफ अग्रस्थानमा रहेको छ ।
नेपाल लाइफ पछि नेशनल लाइफको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ । यस्तै सुर्या, प्राइम, एशियन, रिलायन्स लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले न्यूनतम २ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पूँजी पुर्याएका छन् ।

जीवन बीमा कम्पनीहरुको हकमा नियमक निकाय बीमा समितिले २ अर्ब चुक्ता पुँजी अनिवार्य गरेको छ ।चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहनुपर्ने प्रावधान रहेपनि सूचीकृत कम्पनीहरुमध्ये गुराँस लाइफले अझै पनि चुक्ता पुँजी पुराउन सकेको छैन् । कम्पनीको चुक्ता पूँजी सबै भन्दा कम १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

जगेडा कोषको आधारमा

जगेडा कोषको आधारमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा १ अर्ब २४ करोड रुपैयाँ जगेडा कोष संचिति रहेको छ ।

दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषको आधारमा सबैभन्दा धेरै रिलायन्स लाइफको जगेडा कोषमा रकम संचिति रहेको छ ।

जीवन बीमा कोषको आधारमा

जीवन बीमा कोषको आधारमा नेपाल लाइफ इन्स्योरेनस अगाडि रहेको छ। कम्पनीको जीवन बीमा कोषमा १० अर्ब १२ करोड रुपैयाँ रकम संचिति रहेको छ।

त्यस्तै, जीवन बीमा कोषको आधारमा सबैभन्दा कम प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ रहेको छ।

खुद बीमाशुल्कको आधारमा

नेप्सेमा सूचीकृत ९ जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्ममा ४३ अर्ब ३९ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छन् ।

त्यसमा नेपाल लाइफले मात्रै १७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ रहेको छ। त्यस्तै, एलआइसी नेपालले ९ अर्ब ५६ करोड रुपैयाँ, नेशनल लाइफले ५ अर्ब ४८ करोड, एशियन लाइफले ३ अर्ब १३ करोड, सूर्या लाइफले २ अर्ब २८ करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब ८० लाख रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सले २ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, प्रभु लाइफको सबै भन्दा कम ६० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद मुनाफाको आधारमा

नेप्सेमा सूचीकृत नौं जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै खुद नाफा आर्जन गर्न सफल भएको छ । नेपाल लाइफले दोस्रो त्रैमासको अवधिसम्ममा ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

रिलायन्स लाइफको खुद नाफा भने सबै भन्दा कम रहेको छ । यस अवधिमा रिलायन्स लाइफले ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रतिशेयर आम्दानीको आधारमा

नेप्सेमा सूचीकृत कम्पनीहरुको प्रतिशेयर आम्दानीको आधारमा एशियन लाइफ इन्स्योरेन्स अघि देखिएको छ भने नेटवर्थका आधारमा नेशनल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ ।एशियन लाइफ इन्स्योन्स प्रतिशेयर आम्दानी २० रुपैयाँ २ पैसा र प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ८८ पैसा कायम छ ।

त्यस्तै, सूर्या लाइफको प्रति शेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा, प्राइम लाइफको १६ रुपैयाँ २ पैसा , नेशनल लाइफको १३ रुपैयाँ ९४ पैसा, नेपाल लाइफको ११ रुपैयाँ ९२ पैसा, एलआईसी नेपालको ११ रुपैयाँ ५० पैसा रहेको छ।सबैभन्दा कम रिलायन्स लाइफको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ५० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS