काठमाडौं । आज मंगलवार नेपाल स्टक एक्सचेञ्जमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा बैंकको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । बैंकको १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । उक्त ऋणपत्र बुधबारदेखि नेप्सेमा कारोबार गर्न सकिनेछ ।


















