IME Life New

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा वुधवार नारायणी डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको शेयरमूल्य समायोजना भएको हो । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशन प्रयोजनार्थ र ज्योति विकास बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य तोकेको हो।

नेप्सेले ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य २१८ रुपैयाँ तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो। मंगलबार बैंकको शेयर प्रतिकित्ता २४१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

Esewa
Crest

नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरी नेप्सेले नयाँ मूल्य तोकेको हो। बैंकको समायोजित शेयरमूल्य ४ सय ६५ रुपैयाँ रहेको छ। मंगलबार बैंकको शेयर प्रतिकित्ता ८२९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS