काठमाडौं । नेप्सेमा कुल १ करोड २ लाख १० हजार ४८९.१८ कित्ता शेयर सूचिकृत भएको छ । नेप्सेमा ३ कम्पनीको बोनश शेयर सूचिकृत भएको हो । मन्दकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनश वापत ३ लाख ७ हजार ९८४.३३ कित्ता, एनआरएनकोको ५ प्रतिशत बोनश शेयर वापत ६ लाख ११ हजार ६०५.८५ कित्ता र सोल्टी होटल्सको १० प्रतिशत बोनश शेयर वापत ९२ लाख ९० हजार ८९९ कित्ता शेयर सूचिकृत भएको हो ।
नेप्सेमा थपियो १ करोड २ लाख १० हजार कित्ता शेयर

















