काठमाडौं नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको ४० प्रतिशत शेयर बापतको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सूचिकृत भएको हो । अब शेयर हितग्राही खातामा उक्त हकप्रद आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।


















