काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) जिम्मेवारी निरञ्जन फुयाँललाई दिइएको छ।
नेप्से सञ्चालक समितिको माघ २५ गते बसेको बैठकले फुयाँललाई नेप्सेको कामु सीईओको जिम्मेवारी दिएको हो। नेप्सेका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गतेबाट सकिएको थियो।
सञ्चालक समितिले सोही दिनबाट लागू हुने गरी कामु सीईओ जिम्मेवारी फुँयाललाई दिएको हो।
फुयाँल नेप्सेमा प्रबन्धका रुपमा कार्यरत छन्। अब सरकारले नेप्सेमा नयाँ सीईओ नियुक्त नगरेसम्म फुयाँलले कामु सीईओको जिम्मेवारी निभाउने छन्।

















