काठमाडौं । नेपाल वायुसेवा निगमले करार सेवाका लागि कर्मचारी माग गरेको छ । निगमले विमान परिचारिका पदका लागि तह पाँचमा ३० जना माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्लस टु उर्तिण गरेको हुनुपर्ने, उमेर १८ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । ईच्छुकले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।


















