IME Life New

नेपाल लाइफ इन्स्योरेन्सले भव्य रुपमा मनायो तिज विशेष कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । कम्पनीले आफ्नो उपत्यकाभित्रका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा आबद्ध महिला कर्मचारीहरुलाई सहभागी गराई कार्यक्रम आकर्षक रुपमा मनाएको हो ।

उक्त कार्यक्रम कम्पनीले केन्द्रीय कार्यालयमा आयोजना भएको थियो । कार्यक्रममा महिला कर्मचारीहरुलाई दर खुवाउने तथा शुभकामना आदान प्रदान भएको थियो ।

Esewa
Crest

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले महिला कर्मचारीहरुलाई तीजको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन रमण पराजुली, नेशनल सेल्स हेड उप महाप्रबन्धक उमापति पोखरेल, बरिष्ठ सहायक महाप्रबन्धक ओम प्रकाश पुडासैनी, योजना तर्जुमा तथा रणनीति विभाग प्रमुख अमित कयाल तथा कम्पनी सचिव बिनोद भुजेलको उपस्थितिमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको कम्पनीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS