IME Life New

नेपाल लाइफले संचालकको संरचना परिवर्तन गर्ने एजेण्डा नराखी बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल लाईफ इन्स्योरेन्सले १५ दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न मंसिर ८ गते २२औं वार्षिक साधारण सभा गर्ने भएको छ।

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले ६०ः४० को अनुपातमा रहेको शेयर संरचनालाई ५१ः४९ प्रतिशतमा झारेको छ । यसको अर्थ पहिले कूल चुक्ता पूँजीमध्ये ६० प्रतिशत संंस्थापक शेयरधनीको लगानी थियो भने बाँकी साधारण शेयरधनीको । अहिले नयाँ पूँजी संरचना अनुसार संस्थापकको शेयर लगानी ५१ प्रतिशतमा सीमित भएको छ । बाँकी ९ प्रतिशतवापतको शेयर संस्थापकबाट साधारण शेयरमा रुपान्तर गर्दा संस्थापकले दोश्रो बजारबाट मनग्ये आर्जन गर्ने अवसर पाए ।

Esewa
Crest

नेपाल लाईफ इन्स्योरेन्समा चुक्ता पूँजीको झण्डै आधा हिस्सा सर्वसाधारणले लगानी गरे पनि संचालक समितिमा प्रतिनिधित्वमा झेल भएको छ । अझै पनि पुरानो शेयर संरचना बमोजिम नै संचालक समितिमा संस्थापकहरुकै बाहुल्यता रहेको छ । एकजना स्वतन्त्र संचालक सहित सात सदस्यीय संचालक समिति सदस्यमध्ये चारजना संस्थापक समूहको प्रतिनिधित्व गरेका छन् । संस्थापकहरुबाट गोविन्द लाल संघाई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान रहेका छन् । सर्वसाधारण शेयरधनीको तर्फबाट बिमल प्रसाद ढकाल, कृष्ण राज लामिछाने र विज्ञ संचालकको रुपमा पारुल ढकाल रहेका छन् ।

शेयर संरचनामा भएको परिवर्तनसँगै सात सदस्यीय संचालक समितिमा संस्थापक र साधारण शेयरधनीको तर्फबाट संचालक समितिमा बराबर अर्थात् ३–३ जनाको प्रतिनिधित्व हुनुपर्छ ।

२२औं वार्षिक साधारण सभा मंसिर ८ गते

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२औं वार्षिक साधारण सभा मंसिर ८ गते गर्ने भएको छ । कम्पनीको कार्तिक ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बिहान ९ बजे होटल भिष्वा विरगंजमा हुने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक कार्य प्रगति विवरण पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/ ७८ को नाफा नोक्सान, हिसाव, नगद प्रवाह,वित्तीय विवरण लगायतका विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनीको लेखापरीक्षण समितिले गरेको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८ /७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारीश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीबाट आफ्ना शेयरधनीलाई १५ दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्तावलाई अनुमोदन गर्नेछ ।

त्यस्तै, सभामा संचालक समितिले गरेको स्वतन्त्र संचालकको नियुक्तिलाई अनुमोदन गर्नेछ । कम्पनीले लाभांश वितरण तथा सभा प्रयोजनका लागि कार्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकाण कार्तिक १७ गते नेप्सेमा कारोबार भइ कायम शेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन पाउनेछन् ।

…… र यो पनि हेर्नुहोस 

नेपाल लाईफको पूँजी संरचना परिवर्तन भएपनि बोर्डमा संस्थापककै बाहुल्यता

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS