IME Life New

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले (असोज ११ गते) आईतबारदेखि २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले ९ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘घ’ बोलकबोलमार्फत बिक्री गर्न लागेको हो।

यो ऋणपत्रमा आवेदकले आईतबार दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेश गर्न सक्नेछन्।

Esewa
Crest

लगानीकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जान अंकमा बोलपत्र पेस गर्नुपर्नेछ।यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाका रुपमा मात्र भाग लिन सक्नेछन्।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात १७ अर्ब र ३ अर्ब रुपैयाँ छुट्याइएको छ।
यो ऋणपत्रको निष्काशन २०७७ असोज १२ गते हुनेछ। साँवा भुक्तानी २०८६ असोज १२ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS