IME Life New

नेपाल राष्ट्र बैंकले थप्यो कर्जाको साँवा र ब्याज तिर्ने समय, वित्तीय संस्था र ऋणी दुवैलाई राहत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले कर्जाको साँवा र ब्याज तिर्ने समय १५ दिन थप गरिदिएको छ । नेपाल राष्ट्र बैंकले ऋणीको मागअनुसार बैंक तथा वित्तीय संस्थाहरूको शुल्कहरूको सम्बन्धमा सोमवार परिपत्र जारी गर्दै उक्त निर्देशन दिएको हो ।

बैंकहरूले ऋणीलाई विभिन्न सेवासुविधाको नाममा शुल्क लिने गरेको व्यवसायीहरूबाट गुनासो आएपछि केन्द्रीय बैंकले उक्त निर्देशन दिएको हो ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले कर्जाको साँवा र ब्याज तिर्ने समय थप गरेपछि यसबाट ऋणीलाई केही सहज हुने भएको छ । यसअघि आर्थिक वर्ष समाप्त भएको १५ दिन (साउन १५ गतेसम्म) भित्र तिर्दा हुने व्यवस्था थियो ।

कर्जाको साँवा र ब्याज तिर्ने समय थप भएपछि वित्तीय संस्था र ऋणी दुवैलाई राहत पुग्ने भएको छ । बैंकहरुले साउन १५ सम्म कर्जा असुली नभएमा केन्द्रीय बैंकको प्रावधान बमोजिम नियामकीय कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS