IME Life New

नेपाल बंगलादेश बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, शेयर बजारबाट २६ करोड ५१ लाख रुपैयाँ आर्जन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा ६३.०२ प्रतिशतले नाफा बढाएको छ । बैंकले चैत मसान्तसम्ममा एक अर्ब ६३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा एक अर्ब नाफा आर्जन गरेको छ । वितरण योग्य मुनाफा भने ९८ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

गत असारको तुलनामा १०.३२ प्रतिशतले निक्षेपले बढेको छ भने कर्जा लगानी १२.१२ प्रतिशतले बढेको छ । यहि अवधिमा बैंकले ७३ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरि ६६ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारमा बैंकले ६६ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरि ५९ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

Crest

खुद व्याज आम्दानी भने ७.३५ प्रतिशतले घटेर एक अर्ब ९८ करोड रुपैयाँमा खुम्चिएको छ । तर शेयर बजारबाट बैंकले २६ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकको रियल विजनेस भन्दा बाहिरबाट आम्दानी बढाएको देखिन्छ । बैंकको खराव कर्जा २.७६ प्रतिशतबाट १.९१ प्रतिशतमा झार्न सफल भएको छ । नाफामा सुधार सँगै प्रतिशेयर आम्दानी १६ रुपैयाँबाट २४ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS