IME Life New

नेपाल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय अवधिभित्र आवेदकले यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले पुस १७ गतेबाट ५ लाख १५ हजार २४८.२५ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको हो ।

जसमा संस्थापक समूहको २ लाख ५५ हजार ७८.७५ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९.५० कित्ता सेयर रहेको छ ।लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

यसअघि फाइनान्सले मंसिर ४ गतेबाट २४ गतेसम्म १६ लाख ९७ हजार ५०६.२५ कित्ता (१२५५) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको शेयर यतिबेला लिलामीमा ल्याएको हो ।

फाइनान्सको बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं तथा नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS