IME Life New

नेपाल पूनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्न खोज्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पूनर्बीमा कम्पनीले दुई वर्ष अवधिका लागि वाणिज्य तथा विकास बैंकमा मुद्धती निक्षेप जम्मा गर्न बैंकको खोजी गरेको छ । कम्पनीले वाणिज्य बैंक र विकास बैंकसँग भदौ १ गते सम्ममा गोप्य शिलबन्दी फारम बुझाउन आह्वान गरेको छ ।

कम्पनीले साउन २६ गते जारी गरेको १६ बुँदामा बैंकको विवरणहरु शिलबन्दी बोलपत्र पेश गर्न सूचना जारी गरेको हो ।जसमा बैंकको पूँजीकोष अनुपात, निष्कीय कर्जा, सि.डि रेसियो, तरल सम्पत्ति/स्वदेशी मुद्रा निक्षेप, रियल स्टेट कर्जा, सर्वसाधाणको कूल निक्षेप, चुक्ता पूँजी, पूँजी प्रर्याप्तता अनुपात, प्रतिशेयर किताबी मूल्य, कम्पनीको नाममा रहेको हालसम्मको निक्षेप रकम, प्रति शेयर आम्दानी, पछिल्लो पटक वार्षिक साधारण सभा सम्पन्न मिति, प्रस्तावित ब्याजदर, प्रस्तावित रकम, ब्याजदर भुक्तानी तरिका साथै न्य खुलाउन पर्ने कुराहरु केही भए खुलाउनुपर्नेछ ।

Esewa
Crest

साथै कम्पनीले मुद्दतीमा लगानी गरिएको रकमको समय समाप्त हुनु अगावै निक्षेप रकम फिर्ता वा मुद्दती निक्षेप धरोटी राखि ऋण लिनुपर्ने अवस्थाको शर्त एवम् सुविधाहरु समेत अनिवार्य रुपमा खुलाउनका लागि भनेको छ ।

प्रस्ताव गरिएको मुद्दती निक्षेपमा प्रदान गरिने व्याजदरको मान्य अवधि न्यूनतम १५ दिन हुनुपर्ने कम्पनीले जनाएको छ । यसैगरि वाणिज्य बैंकको न्यूनतम ८ अर्ब र विकास बैंकको ३ अर्ब पूँजीकोष भएको तथा प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ हुनुपर्ने उल्लेख गरिएको छ ।

कम्पनीले कति रकम मुद्धती राख्ने भन्ने बिषय  खुलाएको  छैन । रकम उल्लेख गर्दा बैंकहरुबाट बोलकबोल गर्दा ब्याजदरमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै रकम उललेख नगरिएको पुर्नबीमा कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS