IME Life New

नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता शेयर बेच्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स, न्यूनतम मूल्य कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता शेयर बिक्रीमा राखेको छ।

हिमालयन एभरेष्टले आज एक सूचना प्रकाशित गर्दै नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको जानकारी गराएको हो। यो शेयरमा इच्छुक नेपाल नागरिक तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

इच्छुक लगानीकर्ताले शेयर खरिद आवेदन हिमालयन एभरेष्टको थापागाउँस्थित कार्यालयमा दिनुपर्नेछ। रितपूर्वक प्राप्त आवेदनहरुमध्येबाट शेयर बाँडफाँटका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइने कम्पनीले जनाएको छ। त्यसपछि बाँकी शेयर अन्य आवेदकलाई बाँडफाँट पारिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS