IME Life New

नेपाल पुनर्बीमाले वर्ष दिनमा गर्‍याे डेढ अर्ब रुपैयाँ भन्दा बढी दाबी भुक्तानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९।८० मा पुनर्बीमा दाबीवापत डेढ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । कम्पनीले वर्षभरमा कूल १ हजार ४ सय ८२ वटा दाबी अन्तर्गत कूल १ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

पुनर्बीमाबाट सर्वाधिक दाबी रकम स्वदेशी निर्जीवन बीमा कम्पनीले प्राप्त गरेका छन् । स्वदेशी निर्जीवन बीमकले १ अर्ब ३२ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् । यसैगरी विदेशी निर्जीवन बीमकले १३ करोड ८१ लाख ६४ हजार रुपैयाँ दाबी भुक्तानी प्राप्त गरेका छन् ।

Crest

नेपाल पुनर्बीमाका अनुसार स्वदेशी जीवन बीमा कम्पनीले गत आव २०७९।८० मा १३ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी प्राप्त गरेका छन् । स्वदेशी जीवन बीमा कम्पनीले ४०२ वटा बीमा अन्तर्गत यो रकम दाबी भुक्तानी प्राप्त गरेका हुन् ।

 

Business

2080 Asadh

Upto 2080 Asadh

CountAmountCountAmount
DomesticLife8452,388,906.60402194,394,694.98
Non Life125301,847,284.448981,325,763,542.17
InternationalNon Life1573,965,647.70182138,164,608.05
Total224428,201,838.7414821,658,322,845.20

गत असार महिनामा पुनर्बीमा दाबीवापत रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले प्रकाशन गरेको विवरण अनुसार असार महिनामा ४२ करोड ८२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीका अनुसार कूल २२४ वटा दाबी अन्तर्गत यो रकम भुक्तानी गरिएको हो । नेपाल पुनर्बीमा कम्पनीले कूल दाबी भुक्तानीेमध्ये ३० करोड १८ लाख रुपैयाँ स्वदेशी निर्जीवन बीमा कम्पनीलाई भुक्तानी गरेको छ । स्वदेशी निर्जीवन बीमा कम्पनीले कूल १२५ वटा बीमा दाबीवापतको भुक्तानी प्राप्त गरेका छन् ।
यसैगरी विदेशी निर्जीवन बीमा कम्पनीबाट प्राप्त १५ वटा दाबीवापत कूल ७ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
स्वदेशी जीवन बीमा कम्पनीले ८४ वटा दाबी अन्तर्गत कूल ५ करोड २३ लाख ८८ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS