IME Life New

नेपाल टेलिकमको सेयर किन हुँदैछ खोसाखोस ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । दोस्रो बजारमा नेपाल टेलिकमको सेयर खोसाखोसको अबस्था देखिएको छ । केही सर्बसाधारण र नेपाल टेलिकमका कर्मचारीहरुले टेलिकमको सेयर बिक्री गर्दा संस्थागत लगानीकर्ता र चलाख खेलाडीहरुले भने यसको सेयर सकेसम्म थुपार्ने क्रम बढाएका छन् । पुस मसान्तसम्म संस्थागत लगानीकर्ता मध्ये बैंकहरुले सेयर बिक्री गरिरहेकोमा माघ लागेपछि फेरि उनीहरुले उठाउँन थालेपछि टेलिकमको सेयर मूल्य उचालिएको छ ।

माघ ४ गते आईतबारको कारोबारमा चार लाख ३३ हजार कित्ता किनबेच भएकोमा केही ठूला ब्रोकरहरुबाट समेत लगानीकर्ताहरुले उल्लेखनीय रुपमा टेलिकमको सेयर खरिद चाप सिर्जना भएकाले मूल्य उचालिएको छ । केही दिन यता ५० नम्बर ब्रोकरबाट पहिले किनिएको सेयर नाफामा बिक्री गर्ने र ५८ नम्बरबाट खरिद गर्ने क्रम बढेपछि सर्बसाधारण लगानीकर्तामा टेलिकमको सेयरबारे चर्चा चुलिएर गएको छ ।

Esewa
Crest

गत बर्षको लाभांश प्रस्ताब गर्न बाँकी रहेको अबस्थामा टेलिकमले यस बर्ष राम्रो लाभांश प्रस्ताब गर्छ भन्ने लगानीकर्ताहरुको आँकलन रहेको पाईन्छ । केहीले टेलिकमबाट सरकारले ठूलो रकम लाभांशको रुपमा लिन्छ भन्दै खरिदको क्रम बढाएका छन् भने केही बोनसको पनि आश गरेको देखिन्छ तर टेलिकम संचालक समितिले लाभांश प्रस्ताबमा ढिलाई गर्दा बजारिया हल्ला फैलिने क्रम बढेको छ ।

टेलिकमले दोस्रो त्रैमाससम्ममा झण्डै १० अर्ब रुपैयाँ नाफा कमाएर प्रतिशत आम्दानी ६६ रुपैयाँसम्म कायम गरेको भित्री सूचनाको आधारमा यसको सेयर खोसाखोस गर्ने प्रबृत्ति बढेको स्रोतको भनाई छ । फाईवर टु होमको ब्यवसाय बिस्तारका कारण तेस्रो त्रैमासको प्रगति झन् आकर्षक हुने आँकलन गर्दै टेलिकममा सर्बसाधारण र संस्थागत दुबैतर्फबाट लगानी बढाउने होडबाजी शुरु भएको छ । त्यही कारण पुसको अन्तिम दिन र माघको साताको पहिलो दिन टेलिकमले कारोबार रकम र सेयर संख्यामा उछाल आएको छ ।

१५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८० अर्ब छ । कर्मचारीसहित सर्बसाधारण समूहमा जम्मा एक करोड २७ लाख कित्ता सेयर रहेको अधिकांश सेयर संस्थागत लगानीकर्ताहरुले हात पारिसकेको बुझिएको छ । सरकारी स्वामित्व ९२ प्रतिशत भएकाले यसले प्रस्ताब गर्ने अधिकांश लाभांश सरकारी कोषमा जान्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS