IME Life New

नेपाल इन्स्योरेन्स कम्पनीको टोल फ्री नम्बर उपलब्ध

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल कै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले टोल फ्री नम्बर उपलब्ध गराएको छ । ग्राहक वर्गहरुको सेवालाई मध्यनजर गर्दै कम्पनीले  टोल फ्री नम्बर उपलब्ध गराएको हो ।

टोल फ्री नम्बर उपलब्ध भए सँगै ग्राहक वर्गहरुले बीमा सम्बन्धि सम्पूर्ण सुचना तथा सेवाहरु निशुल्क राख्न पाउने छन् । यस्तो सेवाले ग्राहकहरुको सेवा सुविधामा थप सहज हुने आसा कम्पनीले राखेको छ । कम्पनीको  टोल फ्री नम्बर १६६००१६१६६६ रहेको छ ।

Crest

टोल फ्री नम्बर पाए सँगै ग्राहकहरुले घर मै बसेर पनि सम्पूर्ण सेवा तथा कम्पनीका बारेमा बुझ्न पाउने छन् । यसले गर्दा ग्राहकको समयको पनि बचत हुन्छ कम्पनीका डिजिएम बिक्रान्त पाण्डेले बताए ।

नेपाल इन्स्योरेन्स ज्येष्ठताका साथ साथै व्यवसायका रुपमा पनि श्रेष्ठ कम्पनीका रुपमा स्थापित हुने संकल्पका साथमा अगाडि बढेको छ । ग्राहकहरुलाई लावान्वित गर्नका साथै छिटो छरितो र सहज रुपमा निर्जीवन बीमा सम्बन्धि सेवाहरु प्राप्त गर्न सक्ने विश्वासका साथमा कम्पनीले टोल फ्री नम्बर उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS