IME Life New

नेपाल इन्स्योरेन्सका डिसिइओ वीर कृष्ण महर्जन १५ दिनले सिइओ बन्न नपाउने !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका वीर कृष्ण महर्जन १५ दिनका कारण प्रमुख कार्यकारी अधिकृत बन्न नसक्ने भएका छन् । बीमा समितिले पुस २० गते बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७८ को पहिलो संशोधनमा मा थपिएको व्यवस्थाका कारण कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउन नसक्ने भएको हो ।

Esewa
Crest

यस व्यवस्था अनुसार बीमा कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले तीन महिना भित्रमा नियुक्त गरिसक्नु पर्नेछ भनिएको छ । समितिले सिइओ रिक्त भएको लामो समयसम्म नयाँ नियुक्ति हुन नसक्दा बीमकको व्यवस्थापन तथा संचालनमा असर पर्ने भन्दै यस्तो व्यवस्था थप गरेको हो । जवकी नेपाल इन्स्योरेन्स कम्पनी साउन १० गतेदेखि प्रमुख कार्यकारी अधिकृत विहिन छ । कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको कार्यकाल साउन ९ गते सकिए पछि कम्पनीले नयाँ सिइओ नियुक्त गर्न सकेको छैन ।

बीमा समितिले पुस २० गते जारी गरेको पहिलो संसोधनले तीन भित्रमा नियुक्त गरिसक्नु पर्नेछ भनिएको व्यवस्थालाई कार्यान्वयन गर्दा पनि कम्पनीले चैत २० गतेसम्ममा प्रमुख कार्यकारी अधिकृतलाई नियुक्ति गरिसक्नु पर्छ ।

कम्पनीले प्रुडेन्सियलका निवर्तमान प्रमुख कार्यकारी अधिकृत वीर कृष्ण महर्जनलाई ६ महिना पछि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने गरी गत कार्तिक ५ गते नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको थियो । जवकी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले महर्जनको राजिनामालाई कार्तिक ५ गतेदेखि नै लागु हुने निर्णय गरेको थियो । यहि हिसावले संस्थागत सुशासन निर्देशिका अनुसार उनि अयोग्य हुने छन् ।

संस्थागत सुशासन निर्देशिका २०७५ को दफा २८ मा ‘ एउटा बीमकको कायकारी प्रमुख उक्त बीमकको सेवाबाट निवृत्त भएको छ महिनाको अविध पूरा नभएसम अर्को बीमकको कार्यकारी प्रमुखको पदमा नियुक्त हुन पाउनेछैन ‘ भनिएको छ । कार्तिक ५ गते प्रुडेन्सियल छाडेका महर्जन बैशाख ५ गतेसम्म अर्को बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि अयोग्य ठहरिन्छन् । उनि बैशाख ६ गतेमात्रै अर्को बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदका लागि योग्य हुन पुग्छन् ।

बीमा समितिले पुस २० गते जारी गरेको संसोधित निर्देशिकालाई आधार मान्ने हो भने नेपाल इन्स्योरेन्स कम्पनीले अधिकतममा पनि चैत २० गतेसम्ममा प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरिसक्नु पर्छ । यहस हिसावले महर्जन १५ दिनका कारण नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न अयोग्य भएका हुन् ।

यसरी कम्पनीहरुले खुलेआम संस्थागत सुशासनको धज्जी उडाउदा पनि बीमा समितिले भने प्रश्रय दिएको छ । निर्देशिकामा रहेको लुपहोललाई टाल्नुको सट्टा उल्टै समितिले बाटो देखाइदिदै आएको छ । तर समितिको यस पटकको निर्देशिकाले भने महर्जनलाई प्रमुख कार्यकारी अधिकृत बनाउन धेरै बाधा पुर्याउनु पर्ने हुन्छ । समितिले अवको तीन महिना भित्रमा कम्पनीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न दवाव दिएन भने सुशासनकै उल्लङ्घन भएको ठहरिन्छ । यस्तो भएको खण्डमा समितिले कम्पनीलाई बीमा ऐनको दफा ३६ अनुसार १० हजार रुपैयाँसम्मको जरिवाना गर्न सक्नेछ । कारबाही आफैमा कम्पनीको शाखः माथिको कालो धब्बा हो ।

कुलिङ पिरियडको धज्जी उडाउँदै वीर कृष्ण महर्जन नेपाल इन्स्योरेन्समा नियुक्त, एक दिन पनि खाली बसेनन्

बीमा कम्पनीमा तीन महिनाभन्दा लामो समय कार्यकारी अधिकृत विहीन राख्न नपाइने

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS