IME Life New

नेपाल इन्भेष्टमेन्ट बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको २९ हजार ३८० कित्ता संस्थापक लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले कात्तिक २१ गतेदेखि लिलामी सेयर बिक्री खुला गरेको थियो । यसमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति तथा संस्थाले समेत बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी बोलपत्र पेश गनुपर्नेछ । आवेदकहरुले न्यूनतम ३ हजार कित्तादेखि अधिकतम सबै कित्तका लागि आवेदन दिन सकिनेछ ।

Esewa
Crest

यस संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिसेयर २७५ रुपैयाँ तोकिएको छ । आवेदकले सोही मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

लिलामीको बोलपत्र मंसिर २ गते बिहान १०ः३० बजे एनआइबीएल एस क्यापिटलको कार्यालयमा खोलिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS