IME Life New

नेपाल इन्फ्रास्ट्रक्चरमा ८ अर्ब लगानी गरेका शेयरधनीले एक सातामै कमाए ३५ अर्ब ६८ करोड रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल इन्फ्राष्ट्रक्चर बैंकको प्राथमिक शेयरधनीले एक सातामै ३५ अर्ब ६८ करोड रुपैयाँ कमाएका छन्। आइतबारदेखि दोस्रो बजारमा कारोबार खुला भएको नेपाल इन्फ्राष्ट्रक्चरको ५ दिनमै ५४६ रुपैयाँ पुगेको छ। सर्वसाधारणका खरिद गरेको ८ अर्ब रुपैयाँको भ्यालु एक सातामै ४३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

सर्वसाधारणले बैंकको प्राथमिक शेयर न्यनतम १० कित्तादेखि अधिकतम ६० कित्तासम्म प्राप्त गरेका थिए। बैंकको प्राथमिक शेयर १४ लाख ७५ हजार हजार जनाले पाएका थिए। प्राथमिक शेयरबाट सबैभन्दा धेरै शेयरधनी भएको यस बैंकको शेयरमा लगानीकर्ताको अधिक आकर्षण देखिएको हो।

Esewa
Crest

बैंकको पहिलो कारोबार ३४० रुपैयाँबाट सुरु भएको थियो। कारोबारको पहिलो दिन नै सकारात्मक सर्किट लागेर ३७४ रुपैयाँ पुगेको थियो। यस साताको पाँच कारोबार दिन नै सकारात्मक सर्किट लागिसकेको छ। कारोबार खुलेको पहिलो दिनमै बैंकको ५९ हजार ९३१ कित्ताको कारोबार भएको थियो। यो समाचार तयार पार्दासम्ममा बिहीबार बैंकको ७ लाख ६६ हजार कित्ताको कारोबार भैसकेको छ। बजारमा बैंकको शेयर अझै बढ्ने भन्दै लगानीकर्ताको बैंकको शेयर खरिद गरिरहेका छन्। खरिद कर्ता हाबी हुँदा शेयरधनीले बिक्रीका लागि राख्ने म्याचिङ भैरहेको छ। बजार मूल्यका आधारमा बैंकको बजार पुँजीकरण पनि एक खर्ब ९ अर्ब रुपैयाँ नाघेको छ।

सर्वसाधारण लगानीकर्ता जसले १० कित्ता खरिद गरेका थिए उनिहरुले अहिलेसम्ममा ४ हजार ४६० रुपैयाँ आम्दानी गरिसकेका छन्। त्यस्तै अधिकतम ६० कित्ता प्राप्त गरेकाले भने २६ हजार ७६० रुपैयाँ आम्दानी गरेका छन्। बजार बढ्दा जादा यस्तो नाफा पनि बढ्छ। तर बजार घटेको खण्डमा उनिहरुले गुमाउ छन्। दोस्रो बजारमा मूल्यको स्थिरता नहुने भएकाले तलमाथि भैरहन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS