IME Life New

नेपाल इन्फ्राष्ट्रक्चर बैंकको आइपिओको नतिजा हेर्नुहोस इन्स्योरेन्स खवरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल इन्फ्राष्ट्रक्चरले शुक्रवार सर्वसाधारणका लागि जारी प्राथमिक शेयरको बाँडफाँड गरेको छ। ५० कित्तासम्मको लागि आवेदन दिने सबैले शेयर प्राप्त गरेका छन्। ५० कित्ता भन्दा धेरैको लागि आवेदन दिने मध्ये ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। सर्वसाधारणले अधिकतम ६० कित्तासम्म शेयर प्राप्त गरेका हुन्।

क्यापिटलका अनुसार १० कित्ताको लागि मात्रै आवेदन दिने ३४ हजार ३० जना, २० कित्ताको लागि मात्रै आवेदन दिने २९ हजार ८५४ जना, ३० कित्ताको लागि मात्रै आवदेन दिने २० हजार २४८ जना, ४० कित्ताको लागि मात्रै आवदेन दिने १६ हजार ९३४ जना थिए। उनिहरु सबैले माग बराबरकै शेयर प्राप्त गरेका हुन्।

Esewa
Crest

बैंकले माघ २ गतेदेखि ६ गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो। प्राथमिक शेयरमा १४ लाख ८१ हजारले आवदेन दिएका थिए। जस मध्ये ६ हजार २७५ जनाको आवेदन अयोग्य भएको छ। योग्य आवेदक १४ लाख ७५ हजार ८ जनाले नै शेयर प्राप्त गरेका छन्। बैंकको प्राथमिक शेयरमा माग भन्दा २.२१ गुणा बढि आवेदन परेको थियो। नेपालको इतिहासमै यो सबैभन्दा ठुलो आइपिओ हो।

पुर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले यो बैंकको स्थापना भएको हो। नेपाल सरकार तथा ठुला व्यवसायीहरुको प्रमुख लगानी भएको यस बैंककमा सर्वसाधारणको पनि ८ अर्ब रुपैयाँ लगानी थपिएको छ। प्राथमिक शेयर निष्काशन पछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुगेको छ। जसमा संस्थापक तर्फ १२ अर्ब रुपैयाँ रहेको छ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS