IME Life New

नेपाल इन्फ्राष्ट्रक्चर बैंकको प्रि-अलोटमेन्ट सम्पन्नः शुक्रबार बाँडफाँड हुने, ५० कित्ता सबैले पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल इन्फ्राष्ट्रक्चरको प्राथमिक शेयरमा ५० कित्ता सबैले पाउने भएका छन्। कम्पनीले आज गरेको ‘प्रि -अलटमेन्ट’ अनुसार ५० कित्तासम्मको लागि आवेदन दिने सबैले प्राप्त गर्ने भएका हुन्।

५० कित्ता भन्दा बढि आवेदन दिनेमध्ये केहिले थप १० कित्ता प्राप्त गर्न सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआविएल एस क्यापिटलले जनाएको छ। क्यापिटलले ‘प्रि- अलटमेन्ट’ को तथ्याङक धितोपत्र बोर्डमा पठाएको छ। बोर्डले स्वीकृत गरे पछि कम्पनीले शुक्रवार विहान १० बजे बाँडफाँट गर्ने महाप्रवन्धक मेख थापाले जानकारी दिए।

Esewa
Crest

बैंकले माघ दुई गतेदेखी ६ गतेसम्म सर्वसाधारण समुहको ८ करोड कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो। बैंकले निष्काशन गरेको प्राथमिक शेयरमा १५ लाख २९ हजार जनाले आवदेन दिएका छन्।

बैंकले ८ करोड कित्तामध्ये कर्मचारीका लागि एक लाख ६० हजार कित्ता सुरक्षित गरेको छ। त्यस्तै म्युचुअल फण्डहरुलाई ५ प्रतिशत अर्थात् ४० लाख कित्ता बिक्री गरिसकेको छ। कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका बाँडफाँट गर्दैछ। हाल बैंकका संस्थापकहरुको शेयर पुँजी १२ अर्ब रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

अहिलेसम्मको शेयर संचरनाअनुसार नेपाल सरकारको स्वामित्व १६.६७ प्रतिशत रहेको छ। प्राथमिक शेयर निष्काशनपछि नेपाल सरकारको स्वामित्व १० प्रतिशतमा खुम्चिनेछ। बैंकमा नेपाल सरकारको लगानी २ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै हाल वाणिज्य बैंकहरुको सेयर स्वामित्व ३४.८२ प्रतिशत रहेको छ। प्राथमिक शेयर निष्काशनपछि उनीहरुको पनि शेयर स्वामित्व २०.८९ प्रतिशतमा खुम्चिने छ। हाल उनीहरुको लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS