IME Life New

नेको इन्स्योरेन्सले गर्यो एनएसएलसँग सम्झौता, खेलाडीको १० लाखको स्वास्थ्य बीमा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को नवआगन्तुक टोली झापा एफसीले नेको इन्स्योरेन्ससँग बीमा पार्टनरका रुपमा सम्झौता गरेको छ। सम्झौतापत्रमा क्लबका तर्फबाट उपाध्यक्ष यम बस्नेत र नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काले सयुक्त रुपमा हस्ताक्षर गरे।

यहि चैत २६ गतेदेखि सुरु हुने नेपाल सुपर लिगमा यस सिजनमा थपिएका तीन नयाँ क्लबसहित कुल १० टोलीहरुले सहभागिता जनाउने भएका छन् ।

Esewa
Crest

सम्झौताअनुसार सुपर लिग झापामा आवद्ध रहेका खेलाडीहरुको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा हुनेछ । सम्झौतापछि उपाध्यक्ष बस्नेतले भने “नेको इन्स्योरेन्सलाई बिमा पार्टनरका रुपमा पाउँदा हामी खुशी छौं। यो सहकार्यका लागि हामी नेको इन्स्योरेन्सलाई धन्यवाद समेत दिन चाहन्छौं।”

नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्का भने “झापा एफसीको फुटबल र खेलाडीप्रतिको भिजनबाट हामी प्रभावित भयौं। त्यसैले पनि यो सहकार्य गर्न हामीले अबेर गरेनौं। सुपर लिगमा क्लबसँगको हाम्रो सहकार्य अटुट रहनेछ।”

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS