IME Life New

नेको इन्स्योरेन्सको बीमा शुल्क १४ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ९२ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

कम्पनीले गत बर्षको सोहि अवधिमा ८५ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ८ प्रतिशतले बढेको हो ।
चैत मसान्तसमम्मा कम्पनीको नाफा ४ प्रतिशतले घटेको छ । कम्पनीको नाफा ४ प्रतिशतले घटेर २४ करोड १० लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

Esewa
Crest

कम्पनीले आफनो समिक्षा अवधिमा २ लाख१ हजार ५ सय ३४ वटा बीमालेख जारी गरेर १ अर्ब ६२ करोड रुपैयाँ भन्दा बढी कुल बीमाशुल्क आर्ज गर्न सफल भएको छ ।

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४३ करोड रुपैयाँ भन्दा बढी रकम रहेको छ। त्यस्तै कम्पनीको बीमा कोषमा ७२ करोड ७९ लाख रुपैयाँ रहेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी (बार्षिक) २४ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ २१ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS