काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर घटाएको उल्लेख गरेको छ । हाल नीतिगत दर ७ प्रतिशत रहँदै आएको थियो । नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने अल्पकालीन सापटीमा लागत कम पर्न जानेछ ।
नीतिगत दर ६.५ प्रतिशत कायम

















