IME Life New

निर्धन उत्थान लघुवित्तको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत फागुन २५ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित गरेको बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले उक्त बोनस शेयर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश समेत दिएको छ । कम्पनीले फागुन १० गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरिसकेको जानकारी दिंदै त्यसपश्चात शेयर अभौतिकीकरण गराउनेहरुको हकमा पनि हितग्राही खातामै शेयर जम्मा गरिने जनाएको छ ।

Esewa
Crest

कम्पनीले हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र गराई आफ्नो बोनस शेयर सुरक्षित गर्न अनुरोध गरेको छ ।

कम्पनीको शेयर धितोबन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा भने बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रहेको रोक्का जनाई हितग्राही खातामा जम्मा हुने हुँदा राफसाफ भइसकेको भए धितो बन्धक फुकुवा गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS