IME Life New

निर्जीवन बीमा कम्पनीहरुले जारी गरे १० लाख ३५ हजार बीमालेख, नयाँमा अजोड इन्स्योरेन्स पूरानोमा शिखर अगाडी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १० लाख ३५ हजार ६ सय ९८ वटा बीमालेख जारी गरेका छन् । चालुु आवको दोस्रो त्रैमासमा १९ निर्जीवन बीमा कम्पनीहरुले १० लाख ३५ हजार ६ सय ९८ बीमालेख जारी गरेका हुन् । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले ९ लाख २१ हजार ७ सय ७१ वटा बीमालेख जारी गरेका थिए ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पुस महिना सम्ममा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै १ लाख ५९ हजार ९ सय ९ वटा बीमालेख जारी गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीमा १४ लाख १ हजार ७ सय ९१ वटा बीमालेख जारी भएका थिए । त्यस्तै शिखर पछि नेको इन्स्योरेन्सले १ लाख ३८ हजार ३ सय ६८ वटा बीमालेख जारी गरेको छ । नेको इन्स्योरेन्स पछाडि बढी बीमालेख जारी गर्ने कम्पनी प्रिमियर इन्स्योरेन्स रहेको छ । दोस्रो त्रैमासको अवधिमा कम्पनीले १ हजार ३ हजार १ सय २१ वटा बीमालेख जारी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीमा ९४ हजार ४ सय ४७ वटा बीमालेख जारी भएका थिए ।

Crest

नयाँ कम्पनीहरुले जारी गरे २४ हजार ५ सय ८१ बीमालेख
अजोड इन्स्योरेन्सको १३ हजार २ सय २८

दोस्रो त्रैमासको अवधिमा ३ नयाँ निर्जीवन बीमा कम्पनीहरुले २४ हजार ५ सय ८१ वटा बीमालेख जारी गरेका छन् । सो अवधिमा अजोड इन्स्योरेन्सले सबैभन्दा धेरै १३ हजार २ सय २८ वटा बीमालेख जारी गरेको छ । यस्तै दोस्रोमा रहेको छ जनरल इन्स्योरेन्स । दोस्रो त्रैमासको अवधिमा जनरल इन्स्योरेन्सले ८ हजार ९ सय ८० वटा बीमालेख जारी गरेको छ भने सानिमा इन्स्योरेन्सले २ हजार ३ सय ७३ बीमालेख जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS