IME Life New

निर्जीवन बीमाको दाबी भुक्तानी कसरी लिने ? यस्तो छ प्रक्रिया

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा बीमा गर्ने संस्कृति विस्तारै बृद्धि हुने क्रममा छ । बीमा समितिले नयाँ कम्पनीहरुलाई समेत बीमा क्षेत्रमा भित्राएपछि जनचेतनामा आएको बृद्धिका कारण बीमा गर्ने अभ्यास बढ्दैछ । तर, बीमा गरेकाहरुले कुनै क्षति पुगेमा कसरी दावी गर्ने ? बीमा ऐन २०४९ मा यस सम्बन्धी निम्न लिखित व्यवस्था गरेको छ ।

निर्जीवन बीमा गर्ने बीमितले बीमालेख बमोजिमको सम्पत्तिमाथि क्षति पुगेको अवस्थामा बीमा दावी गर्न सक्नेछन् । त्यसरी बीमा दावी भुक्तानी गर्दा निश्चित प्रक्रिया भने पूरा गर्नुपर्नेछ । एकीकृत सम्पत्ति बीमा अन्तर्गतका बीमा, सवारी साधनको बीमा, दुर्घटनाका बीमालगायतका निर्जिवन बीमा दावी प्रक्रिया तथा दावी भुक्तानी चित्त नबुझेमा गरिने पुनरावेदन निम्न बमोजिम हुने बीमा ऐन २०४९ मा उल्लेख छ ।

Crest

सबैभन्दा पहिले घटना वा क्षतिको जानकारी तत्सम्वन्धी सम्पूर्ण विवरणहरु खुलाई बिमक समक्ष लिखित वा विद्युतीय माध्यमबाट निवेदन दिनुपर्छ ।

यसरी निवेदन प्राप्त भएमा बीमकले आवश्यक जाँचबुझ गर्न आवश्यक परेमा तुरुन्त सर्भेयर खटाउन सक्छ ।

खटिएको सर्भेयरले आवश्यक जाँचवुझ गरी १५ (पन्ध्र) दिनभित्र बीमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमकसमक्ष पेश गर्नुपर्छ र त्यसवारे बीमा लेखको शर्त तथा सुविधाको अधिनमा रही बीमितले पाउन सक्ने रकम उल्लेख गरी बीमितलाई जानकारी दिनुपर्छ ।

सर्भेयरले बीमकसमक्ष प्रतिवेदन पेश गरेको साधारणतया ३५ (पैतिस) दिनभित्र बीमकले दायित्व ठहर गरी बीमितलाई निर्जीवन बीमाको दावी भुक्तानी गर्नुपर्छ ।

साथै बीमकले बीमितलाई क्षति भएको एकिन भएमा क्षतिको केही प्रतिशत रकम अग्रिम रुपमा दावी भुक्तानी समेत गर्न सक्नेछ ।

बीमकले दायित्व निर्धारण नगरेमा वा गरेपनि बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा बीमितले सो सम्बन्धमा कानुनी उपचार खोज्न सक्नेछ ।

बीमितले रकम भुक्तानी लिएर वा नलिई कानुनी उपचार खोज्न सक्नेछ । सो को सम्पूर्ण विवरणसहित बीमा समितिमा उजुरी गर्नुपर्दछ । बीमा सम्बन्धी बीमा दावी भुक्तानीको अर्धन्यायिक निकाय समेत हो ।

यसरी उजुरी पर्न आएमा बीमा समितिले सम्बन्धित बीमकलाई पन्ध्र दिनभित्र कारण खुलाई लिखित जवाफ पेश गर्न आदेश दिन सक्छ । लिखित जवाफ पेश हुन आएमा समितिले जाँचबुझ गरी आवश्यक भए बीमक वा बीमितसंँग अन्य कुरा बुझ्न वा अन्य आवश्यक कागजात तथा विवरण पेश गर्न आदेश वा न्यायिक निरुपणको प्रक्रिया सुरु हुनेछ ।

लिखित जवाफ वा आवश्यक कागजात वा विवरण पेश हुन नआएमा समितिले त्यस्तो उजुरी उपर एकतर्फी निर्णय गरी सो को जानकारी सम्बन्धित बीमकलाई दिन्छ । समितिमा परेको उजुरी उपर जाँचवुझ गर्दा बीमकले दायित्व निर्धारण गर्नुपर्नेमा दायित्व निर्धारण नगरेको देखिएमा समितिले बीमकलाई दायित्व निर्धारण गर्न वा पुनः दायित्व निर्धारण गर्ने पक्षमा आदेश दिन सक्नेछ ।

बीमा समितिबाट भएको न्यायिक निरुपण समेत चित्त नबुझेमा उच्च अदालतमा रिटको माध्यमबाट न्यायिक निरुपण हुनेछ ।

यसरी निर्जिवन बीमाको दावी भुक्तानीको प्रक्रिया पूरा हुनेछ ।

–बीमा समाचार र विचार २०७४ को सहयोगमा तयार गरिएको सामग्री

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS