IME Life New

निर्जीवन बीमकले एक महिनामा गरे पौने ३ अर्ब माथिको व्यापार, हिमालयन एभरेष्ट अगाडि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले पौने ३ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले वैशाखमा मात्रै १ लाख ९९ हजार ६३५ वटा बीमा पोलिसी बिक्री गरी २ अर्ब ८७ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

वैशाखमा सबैभन्दा धेरै व्यापार हिमालयन एभरेष्ट इन्स्योरेन्सले गरेको छ। यो कम्पनीले ३८ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Crest

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीले ३५ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले ३१ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। चौथोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी नेको इन्स्योरेन्स कम्पनीले २५ करोड ३२ रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २४ करोड ८६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २० करोड ५५ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले १९ करोड ७७ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

उता सानिमा जीआईसी इन्स्योरेन्सले १६ करोड ४३ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १२ करोड ७७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ११ करोड ७० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ११ करोड ३२ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्स कम्पनीले ६ करोड ९८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ३ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS