IME Life New

निर्जीवन बीमकको लगानी साढे ६६ अर्ब, कसको केमा कति लगानी ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ मा साढे ६६ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन्। कुल लगानीको सवा ७९ प्रतिशत लगानी बैंकहरुको मुद्दति निक्षेपमा रहेको देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आव २०८०।८१ को निर्जीवन बीमकहरुको लगानीसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो। हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६६ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेका छन्। जसमा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा मात्रै निर्जीवन बीमकहरुले ५२ अर्ब ७१ करोड ७० लाख रुपैयाँ लगानी गरेका छन्। यो हिसाबले जीवन बीमकको कुल लगानी ७९.२५ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा रहेको देखिन्छ।

Crest

२०८० असार मसान्तसम्म र्निजीवन बीमकहरुले क वर्गका बैंकहरुमा ४६ अर्ब ६ करोड ५ लाख रुपैयाँ, ख वर्गका बैंकमा ५ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थामा १ अर्ब १७ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन्।

यसैगरी जीवन बीमकहरुले सरकारी बचतपत्र तथा ऋणपत्रमा २१ करोड ५३ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको शेयरमा २ अर्ब ६८ करोड ५ लाख रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ३ अर्ब २४ करोड ३८ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा ९९ करोड ५४ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ७२ करोड ८४ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा १४ करोड १२ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा १ अर्ब ४१ करोड ७९ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा १ करोड ९१ लाख रुपैयाँ लगानी गरेका छन्।

त्यस्तै निर्जीवन बीमकहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब २ लाख रुपैयाँ र अन्य क्षेत्रमा २ अर्ब १८ करोड ८ लाख रुपैयाँ लगानी गरेका छन्।

विभिन्न क्षेत्रमा लगानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले कुल ८ अर्ब ४६ करोड ३ लाख रुपैयाँ लगानी गरेको छ।

दोस्रोमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। यो कम्पनीले ८ अर्ब ८ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ।

यसैगरी धेरै लगानी गर्ने तेस्रो निर्जीवन बीमा कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। सगरमाथा लुम्बिनीले ६ अर्ब २१ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ।

अन्य निर्जीवन बीमा कम्पनीको लगानी

  • नेको इन्स्योरेन्स: ६ अर्ब १० करोड २ लाख रुपैयाँ
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ५ अर्ब १९ करोड १७ लाख रुपैयाँ
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सः ५ अर्ब २ करोड २२ लाख रुपैयाँ
  • नेपाल इन्स्योरेन्स कम्पनीः ४ अर्ब २३ करोड २ लाख रुपैयाँ
  • शिखर इन्स्योरेन्सः ४ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ
  • युनाइटेड अजोड इन्स्योरेन्सः ४ अर्ब १ करोड ७८ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः ३ अर्ब ३४ करोड ६१ लाख रुपैयाँ
  • ओरिएन्टल इन्स्योरेन्सः ३ अर्ब २९ करोड २१ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः २ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ
  • नेसनल इन्स्योरेन्स: २ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ
  • प्रभु इन्स्योरेन्सः २ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ
nonlife investment

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS