IME Life New

निर्जिवन बीमा कम्पनीमध्ये कसले गरे आक्रामक व्यापार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले करिब १४ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा २० वटा निर्जिवन बीमा कम्पनीहरुमध्ये १९ कम्पनीहरुले १३ अर्ब ८३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

राष्ट्रिय बीमा कम्पनीको पुरानो वित्तिय विवरण पेश गर्न बाँकि रहेको कारणले गर्दा दोस्रो त्रैमासको वित्तीय विवरण समावेश गरिएको छैन । पुस मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीको एकिकृत पुँजीकोषमा भने १५ अर्ब ९० करोड रुपैयाँ जम्मा गरेको तथ्याङ्ले देखाएको छ ।

Esewa
Crest

निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जनमा शिखर इन्स्यारेन्सको अग्रता कायमै

निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा १ अर्ब ८२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा १ अर्ब २४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले १ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ९३ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ८५ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ८४ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ७० करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ६२ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ६२ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ६८ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ६० करोड रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले ५९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी, नेशनल इन्स्योरेन्सले ४५ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ४१ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको बीमा समितिको तथ्याङ्कले देखाएको छ ।

नयाँमा अजोड अगाडि

नयाँ तीन निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी अजोड इन्स्यारेन्स रहेको छ । बीमा समितिको तथ्याङ्क अनुसार कम्पनीले पुस मसान्तसम्ममा ४१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, जनरल इन्स्योरेन्स कम्पनीले २९ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS