IME Life New

नियममा नै नभएको बैंकास्योरेन्सले अभिकर्ताहरुको रोजिरोटी खोसिन सक्छ-धर्मराज भण्डारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

धर्मराज भण्डारी एलआईसि नेपाल, अभिकर्ता

हाल काठमाडौं भिमसेनगोला बँस्दै आएका धर्मराज भण्डारीको पुर्खेउली घर सुनसरीको इनरुवा हो । कानून विषय अध्यापन गर्ने सिलसिलामा निजामति सेवामा प्रवेश गरेका भण्डारी २०७० साल देखि भने एलआइसी नेपालमा बीमा अभिकर्ता पेशामा रहँदै आएका छन् ।

अभिकर्ता पेशाको लाइसेन्स प्राप्त गरेपछि बीमा गराउने सिलसिलामा खासै  मेहेनत गर्नु नपरेको  उनी बताँउछन् ।

Crest

बीमा एक किसिमको सामाजिक सेवा हो, बीमा सम्बन्धि ज्ञानबाट बीमितको सामाजिक ज्ञान, सद्भाव, हुनुका साथै  अफठ्यारोपन लाई पनि सजिलैसँग पार गर्न सक्ने हिम्मत यसले प्रदान गर्दछ, जसबाट आर्थिक सुरक्षा पनि हुन पुग्छ, भण्डारीले बताए ।

एउटा बीमा अभिकर्तामा असलपन, पारदर्शिता, लगनशीलता, वोलिमा मिठासपन, राम्रो व्यवहार, धर्यता र सम्बन्धित विषयवस्तुको ज्ञान जस्ता गुणहरु हुनु आवश्यक हुन्छ उनले भने । यी विभिन्न गुणहरु भएकै कारणले गर्दा नै होला मेरो यो पेशाको आज सम्मको यात्रा सहँज नै रहेको छ ।

बीमा अभिकर्ता बीमा कम्पनी र वीमितको बीचमा पुलको माध्यम भएर काम गर्ने व्यक्ति हो । बीमा गर्ने व्यक्ति र कम्पनी बीच मध्यस्थकर्ता भएर काम गर्ने व्यक्ति नै अभिकर्ता हो, उनले बताए ।

बीमा आर्थिक सुरक्षा हो, आजको सानो सानो बचतले भोलिको ठुलो आर्थिक जोखिम बहन हुन्छ । तर आज पनि बीमा प्रति आम मानिसहरुको आकर्षण बढ्न सकेको छैन् भण्डारीले बताए । विगत ५ वर्ष देखि अभिकर्ता पेशामा लागो धर्मराज विभिन्न अर्वाडहरुले सम्मानित भई सकेका छन् । बीमारत्न, बीमा सम्राट, बीमा श्री जस्ता अवार्ड प्राप्त गरेका भण्डारीले विभिन्न ४० देशहरुको भ्रमण पनि गरि सकेका छन् । यस्तै जीवन बीमा सम्बन्धि पुरस्कारहरु सिल्ड ट्रफी लगायत अन्य विभिन्न प्रमाणपत्रहरुले उनी सम्मानित भई सकेका छन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनी अन्तर्राष्ट्रिय स्तरको जीवन बीमा कम्पनी हो, यो कम्पनीले सबै देशहरुको बीमा सम्बन्धि जानकारी दिने गर्दछ । साथै दाबी भुक्तानीमा पनि अन्य कम्पनीहरुको तुलनामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गर्छ, त्यसैले म यस कम्पनीमा आवद्ध रहँदै आएको छु, उनले भने ।

कानूनमा नै नभएको बैंकास्योरेन्सले गर्दा आज बीमा अभिकर्ता पेशालाई अलि असहज भएको छ । बैंकहरुले सबै काम गर्छ भने अरु बेरोजगारीहरुले के काम गर्ने, नियम विपरित गरिएको बैंकास्योरेन्सले गर्दा हामी अभिकर्ताहरुको रोजिरोटी खोसिन सक्ने अवस्था रहेको भण्डारी बताउँछन । “यस्तो सम्झौतालाइ खारेज गर्नै पर्छ,” उनले भने ।

बीमा अभिकर्ता पेशामा आवद्ध हुनु अघि सरकारी पेशामा आवद्ध रहेका भण्डारी यो पेशामा आवद्ध भएसँगै एकदम सन्तुष्ट प्राप्त रहेकोे बताउँछन् । यहाँ आफु अनुकुलको समय दिन सकिन्छ, स्वच्छ पेशा छ, त्यसैले यो पेशा प्रति बढी सन्तुष्ट भएको उनले बताए । अभिकर्तालाई उसको कामको आधारमा अन्तराष्ट्रिय स्तरको तालिम देश तथा विदेशमा दिईन्छ । बीमा गराउँदा जानेर र बुझेर गराउनु पर्ने उनले बताए ।

लामो समयसम्म सरकारी जागिर गरेका भण्डारी भन्छन् “मानवीय सेवा, आम्दानी र धेरै मानिसहरुसँग सहकार्य गर्न पाउने पेशा भएकाले गर्दा नै म यो पेशा प्रति आर्कषित भए ।” निजामति सेवामा समयले बाधेको थियो, बाधिएर बस्नु पर्ने हुन्थ्यो तर यो पेशामा आफुलाई मन लागेको समयमा काम गर्न पाईन्छ । देश विदेश जान पाईन्छ, जहाँबाट धेरै ज्ञान आर्जन गर्न पाईन्छ । यी विभिन्न काराणहरुले गर्दा नै म यो पेशामा आवद्ध भएको उनी बताउँछन् ।

एलआईसी कम्पनीमा बीमा अभिकर्ता पेशाको रुपमा आवद्ध भएपछि नै भण्डारी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको भम्रण अवसर पाएका हुन् । बीमा सम्बन्धि थप नयाँ नयाँ अनुभव संगाल्ने मौका पाए । यो पेशा उनकोे आम्दानीको मूख्य पाटो भएको हो ।

मानिसमा बीमा सम्बन्धी चेतना बढे पनि दाबी भुक्तानी नहुनु अहिलेको बीमा बजारको मुख्य चुनौती रहेको उनको भनाई छ । कतिपय कम्पनीहरुमा बीमितले दाबीको लागि अदालतसम्म पुग्नु पर्ने अवस्थ रहेको उनी बताउँछन् ।

बीमित सामु बीमा प्रस्ताव लैजादाँ ठग्न आए भन्ने जस्तो व्यवहार गर्ने गरेको उनको अनुभव छ । तर उनीहरु आफै ठगि रहेको उनी बताउँछन् । भण्डारी भन्छन् आज गर्छु भोलि गर्छु भनेर हामी लाई पन्छाउँछन्, जसले गर्दा उनीहरु बीमाको दायरामा आउन सक्दैनन् ।

जीवन सोचे जस्तो नहुँन सक्छ । भविष्यमा आई पर्ने जोखिमलाई न्यूनिकरण गर्न बीमाले सघाँउ पुरायाउँछ । बीमाले भविष्यमा पर्न सक्ने अप्ठेरो परिस्थतिलाई सहज बनाउँछ । आम मानिसलाई बीमाको दायरामा ल्याउन अभिकर्ता लगायत राज्य, बीमा समिति, बीमा कम्पनीहरुको उत्तीकै महत्वपूर्ण भूमिका हुन्छ, उनले भने ।

भण्डारी श्रीमती र २ छोरासँगै बस्दै आएका छन् । बीमा कम्पनीहरुले अभिकर्तालाई विभिन्न तालिम दिएमा, अभिकर्ताहरुलाई प्रेरित गर्दै लगेमा अभिकर्ताहरुलाई सहज हुन्छ । किनकी आम मानिसहरुलाई बीमाको दायरामा ल्याउने मूख्य भूमिका अभिकर्ताहरुकै हुने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS