IME Life New

निप्स लुम्बिनी च्याप्टरको आयोजनामा बीमा सम्बन्धी भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), लुम्बिनी च्याप्टरको आयोजनामा मिति फागुन १२ गते नेपाल बीमा प्राधिकरण र लुम्विनी क्षेत्रमा संचालित जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत बीमाकर्मीहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम टाइगर प्यालेस रिसोर्ट, कोटिहवा, रुपन्देहीमा सम्पन्न भएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्विनी क्षेत्रमा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत ५० जना शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा प्रदेश प्रमुखहरुको सहभागीता रहेको थियो ।

Esewa
Crest

बीमाकर्मीहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने हेतुले आयोजित उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक पुजन ढुङ्गेल अधिकारी, उप निर्देशक तथा लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापा, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे, नेको इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक खड्का तथा आइएमई लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयांल लगायतको उपस्थिती रहेको थियो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले कार्यक्रममा बोल्दै बीमा सेवामा विश्वसनियता अभिवद्धि गर्न बीमाकर्मीहरुले ग्राहक तथा आम जनसमुदायमा सचेतना कार्यक्रम तथा स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न भुमिका निर्वाह गनुपर्ने बताएका थिए ।

कार्यक्रमको अध्यक्षता निप्स लुम्बिनी च्याप्टरका अध्यक्ष किरण काफ्लेले गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य निप्स लुम्बिनी च्याप्टरका सल्लाहकार रमेश बहादुर थापाले राखेका थिए । कार्यक्रमको संचालन तथा संयोजकको भुमिका निप्स लुम्बिनी च्याप्टरका कार्य समिती सदस्य बिक्रम कंडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS