IME Life New

निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक अब्बल, सर्वाधिक ग्रोथ गर्नेमा एनएमबि बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल संचालनमा रहेका २८ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७६ /७७ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेको अवस्था छ । संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक हो  ।

संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ खर्ब ७७ अर्ब  रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ३ दशमलव ८२ प्रतिशतले बढाएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले २७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

Esewa
Crest

राष्ट्रिय वाणिज्य बैंक अब्बल
चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार २८ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक अब्बल देखिएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेप घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

१ खर्बमाथि निक्षेप संकलन गर्ने वाणिज्य बैंक
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ वटा वाणिज्य बैंकहरुले १ खर्बमाथि निक्षेप संकलन गर्न सफल भएका छन् । खर्बमाथि निक्षेप संकलन गर्ने वाणिज्य बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, नेपाल बैंक र प्रभु बैंक हुन् ।

९० अर्बमाथि निक्षेप संकलन गर्ने बैंक
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ वटा वाणिज्य बैंकहरुले मात्र ९० अर्बमाथि निक्षेप संकलन गरेका छन् । नेपाल एसबिआई बैंकले ९९ अर्ब ७० करोड रुपैयाँ, सानिमा बैंकले ९५ अर्ब ९२ करोड र माछापुच्छ्रे बैंकले ९१ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

सबैभन्दा थोरै निक्षेप संकलन गर्ने बैंक
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिल बैंकले सबैभन्दा थोरै निक्षेप संकलन गरेको छ । बैंकले यस अवधिमा ४२ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेप संकलन २ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४१ अर्ब ९९ करोड रुपैयाँ मात्र निक्षेप संकलन गरेको थियो ।

सर्वाधिक निक्षेप संकलन बढाउने बैंकहरु
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सर्वाधिक निक्षेप संकलन बढाउने बैंकमा एनएमबि बैंक रहेको छ । भर्खरै ओम डेभलपमेन्ट बैंक संग एकीकृत कारोवार गरेको एनएमबि बैंकले २४ प्रतिशतले निक्षेप संकलन बढाएको छ । एभरेष्ट बैंकले १२ प्रतिशतले निक्षेप संकलन बढाएको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले ७ प्रतिशतले निक्षेप संकलन बढाएको छ सानिमा बैंकले ७ प्रतिशतले बढाएको छ भने माछापुच्छ्रे बैंकले पनि ७ प्रतिशतले नै निक्षेप संकलनमा बृद्धि गर्न सफल भएको छ ।

निक्षेप घटेका वाणिज्य बैंकहरु
२८ वटा वाणिज्य बैंकहरमध्ये चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ वटा वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप संकलन घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप घटेका वाणिज्य बैंकहरुमा नेपाल बैंक, एनसीसी बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बङलादेश बैंक हुन् । नेपाल बैंकको सबैभन्दा धेरै २ प्रतिशतले निक्षेप संकलन घटेको छ ।

श्रोत : कम्पनीको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तिय विवरण अनुसार 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS