IME Life New

नाडेप शत प्रतिशत हकप्रद आइतबारदेखि खुल्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नाडेप लघुवित्त संस्था.लिले मंसिर २३ गते आईतबार देखि शत प्रतिशत हकप्रद शेयर बिक्रि खुल्ला गर्दैछ । कम्पनीले १ बराबर १ अनुपात १६ लाख शेयर बिक्रि गर्न लागेको हो ।

यस अघि नाडेपले गत असार १० गतेदेखि १३ गतेसम्म ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं तथा नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।
आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ पुगेको थियो । कम्पनीले यही पुँजीबाट १०० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS