IME Life New

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अभौतिकीकरण गर्दै सरकार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अभौतिकीकरण गर्न सुरु गरेको छ।

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय एक सूचना जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अभौतिकीकरण गर्न सुरु गरेको जानकारी गराएको हो।

Crest

नेपाल राष्ट्र बैंकबाट २०८१ जेठ ३१ गतेसम्म जारी भएका विभिन्न नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको साँवा–ब्याज भुक्तानी प्रक्रिया र दोस्रो बजार कारोबारलाई सहजीकरण गर्न भौतिक प्रमाणपत्रलाई डेप्ट अपरेसन एन्ड म्यानेजमेन्ट सफ्टवेयर (डीओएमएस) सिस्टम र इन्भेस्टर पोर्टलमा अभिलेख गरी अभौतिकीकरण गर्ने प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ।

सम्पूर्ण बचपत्रधनीले इन्भेस्टर पोर्टलमा साइन अप गरी सीयूआई नम्बर र सक्कल प्रमाणपत्रसमेत संलग्न राखी कार्यालयमा निवेदन पेस गर्न आग्रह गरिएको छ। निवेदनको ढाँचा कार्यालयको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS